म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

पाेखरा | फागुन १, २०८०

म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

पोखरा:     पोखरामा रहेका यातायातहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन बिहान तीन घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


नेपाल भुतपुर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बिच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । 


पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रा.लिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए । उनले अघिल्ला संस्करणमा भएका कमीकम्जोरीलाई आत्माआलोचना गर्दै थप सुधारिएर जाने समेत सुनाए । ‘हामी हाम्रा सवारी त्यो दिनका लागि कसरी छुट्ने भन्ने व्यवस्था मिलाउँछौं’ उनले भने, ‘छोटो बाटोमा रोक्न हामीलाई समस्या हुँदैन विदाका दिन पनि भएकाले ५० प्रतिशत त त्यसै कम हुन्छ ।’ उनले प्रा.लि.को तर्फबाट पोखरा म्याराथनलाई २५ हजार पाँच सय २५ रुपैयाँ नगद समेत सहयोग गर्ने घोषणा गरे । 


पोखरा यातायात प्रा.लि.का एमडी देवी कुइकेलले ट्याक्सी व्यवसायीहरुसँग समेत सहकार्य गरेर उक्त दिन रुटमा धावकलाई असर नपर्ने गरी व्यवस्थापनमा जोड दिने बताए । उनले विहानको समय र विदाको दिन पनि भएकाले आफुहरुले सहजीकरण गरी म्याराथनलाई सफल बनाउन जोड दिने सुनाए । पोखरेली ट्याक्सी व्यवसायी प्रा.ली.का अध्यक्ष शोभाकान्त पौडेलले रुटमा पर्ने ट्याक्सी इकाइलाई मात्र नभई सबैलाई म्याराथनको बारेमा जानकारी गराउँदै उक्त दिन म्याराथनको समयमा सवारी नचलाउने प्रतिबद्धता व्यक्त गरे । व्यवसायमा असर पर्ने कुरा सुनाउँदै त्यो फरक पाटो रहेपनि म्याराथनलाई पूर्ण सहयोग गर्ने बताए । 


उनीहरुले विहान १० बजेसम्म सवारी नचलाउने र अत्यावश्यक परेर चलाउन परेमा धावकलाई असरै नपर्ने गरी चलाउने प्रतिबद्धता व्यक्त गरे । तर, नीजि सवारीहरुले धावकलाई असर पार्न सक्ने भन्दै उनीहरुले त्यसका लागि आयोजकले विभिन्न सामाजिक सञ्जाल, एफएम रेडियो, अनलाइहरुबाट सूचना प्रवाह गर्न समेत सुझाव दिए । 


जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यातायात व्यवसायीले म्याराथनको समयमा सवारी नचलाएमा आफुहरुलाई त्यति चुनौती नहुने बताए । उनले ट्राफिक प्रहरीले त्यसका लागि योजना बनाएको र मुख्य स्थानमा आयोजकको स्वयम् सेवकसहित ट्राफिक प्रहरी रहने सुनाए । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले म्याराथनलाई सहयोग गर्ने प्रतिबद्धता दिएकोमा खुसी व्यक्त गरे । सुरक्षा समन्वय उपसमितिको आयोजनामा कार्यक्रम भएको थियो । 
 

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्

पोखरा ।   हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ ।   आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...

थप पढ्नुहोस्

पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् ।   दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

थप पढ्नुहोस्